चितवनमै पहिलाे आकाशे पुल रत्ननगरमा

  • माघ ०३, २०७७

माघ ३, २०७७
चितवन ।रत्ननगर नगरपालिकामा जिल्लाकै पहिलो आकाशे पुलको शनिवार उद्घाटन गरिएको छ। पूर्व पश्चिम राजमार्गको व्यस्त सडक वारपार गर्न कठिन भईरहदा नगरपालिकाले आकाशे पुल निर्माणको योजना अघि सारेको थियो ।

२०७६ फागुन २गते सुरु भएको आकाशे पुल निर्माणको काम यहि पौष २२ गते सम्पन्न भएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।

२ करोड ३९ लाख ९२ हजार २७० रुपैयाको लागतमा पुल निर्माण सम्पन्न भएको थियो । तर ठेक्का सम्झौता भने २ करोड ४२ लाख १४ हजार ५३३ रुपैयामा भएको थियो ।

कुल ४२ दशमलव ३ मिटर लामो पुल मुख्य राजमार्गबाट ५ दशमलव ५ मिटरको उचाईमा रहेकोछ । पुलको उद्घाटन गर्दै नगरप्रमुख वनले यो पनि समृद्ध नगर निर्माणकै एक महत्वपूर्ण खुड्कीलो भएको भन्दै अब सडक वारपार गर्नैका लागि पर्खिएर बस्न नपर्ने र दुर्घटना हुने जोखिम समेत टरेको बताए ।

आकाशे पुल सगसगै स्थानियले यात्रामा तथा सडक वारपारमा सहज भएको महसुस गरेका छन् ।

 

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८