• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज चितवनमा काङ्ग्रेसको पर्दर्शन : भरतपुरमा रामचन्द्र पौडेलले सम्बोधन गर्ने

  • खबरदाता

आज चितवनमा काङ्ग्रेसको पर्दर्शन : भरतपुरमा रामचन्द्र पौडेलले सम्बोधन गर्ने

माघ ३,२०७७

चितवन । संसद विघटन गरेको बिरोधमा सरकारको विरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ।

काङ्ग्रेस केन्द्रको पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमै आज एकैदिन प्रदर्शन गर्न लागेको हो।

चितवन जिल्लाका सातवटै स्थानीय तहमा आज बिरोध सभा हुने भएको छ । काङ्ग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले बताए अनुसार आज भरतपुर महानगरमा काङ्ग्रेसको बिरोध सभालाई बरिस्ठ नेता रामचन्द्र पौडेलले दिनको एक बजे शारदानगरमा सम्बोधन गर्ने छन।

त्यस्तै राप्तीको भन्डारामा काङ्ग्रेस नेता महेस आचार्यले १२ बजे सम्बोधन गर्ने छन भने दिनको १ बजे रत्ननगरको बकुलहरमा आचार्यले नै १ बजे सम्बोधन गर्ने श्रेष्ठले बताए ।
यता खैरहनिको पुरानो पर्सामा नेता धनराज गुरुङले बोल्ने कार्यक्रम रहेको छ । भने कालिका नगरको काङ्ग्रेस सभा स्थानीय नेताहरुको उपस्थितिमा पदमपुरको भिमोदय चोकमा हुने जनाएको छ ।

चितवनकै माडिको बसन्तपुर र इच्छाकामनाको मुग्लिनमा पनि दिनको साडे १२ बजे स्थानीय जिला नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई यसअघिनै आह्वान गरिसकेका छन् । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो।

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरिसकेको छ ।

  • प्रकाशित मिति : माघ ३, २०७७, शनिवार ०३:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८