जिपमा मोटरसाइकल ठोक्कियो, दुईको मृत्यु

  • खबरदाता
  • माघ ०२, २०७७

माघ २, २०७७
बिर्तामोड ।  झापाको बुद्धशान्तिगाँउपालिकामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ का २१ वर्षीय कमल चौधरी र मोटरसाइकलको पछाडी सवार १८ वर्षीया हेमा महत रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बीएण्डसी हस्पिटल विर्तामोड पठाइएकोमा चालक कमलको बाटोमै मृत्यु भएको हो भने हेमाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिप चालक बुद्धशान्ति गाँउपालिका-७ का २६ वर्षीय संजय गदाल हाल फरार रहेका छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८