• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

विवेकशील साझाद्वारा विभागीय प्रमुखहरु चयन

  • खबरदाता

विवेकशील साझाद्वारा विभागीय प्रमुखहरु चयन

माघ १,२०७७

चितवन । विवेकशील साझा दलले विभागीय प्रमुखहरूको चयन गरेको छ ।

बिहीबार चयन हुने विभागीय प्रमुखहरूमा आशुतोष प्रधानलाई उद्यमशीलता विभाग,सञ्जीव भट्टराईलाई नीति विभाग,निदेश सिलवाललाई नीति विभाग,प्रकाशचन्द्र परियार सूचना तथा सञ्चार विभाग तथा कोष सङ्कलन विभागका प्रमुखमा दिब्येश गिरि चयन भए ।

यसै गरी,कृषि तथा सहकारी विभागमा हीरामणि पौडेल,सदस्यता व्यवस्थापन विभागमा लक्ष्मी घिमिरे,उद्योग व्यवस्थापन विभागमा रमेश महर्जन,प्रशासन सुधार विभागमा किशोर थापा,संसदीय मामिला विभागमा रमेश पौडेल र वातावरण तथा सम्पदा संरक्षण विभागमा विराजभक्त श्रेष्ठ प्रमुख भए ।

समावेशिता विभागमा राम पुकार महरा,कानुनी मामिला विभागमा निरुपमा यादव, अनुसन्धान विभागमा डा। उमेश पुन,इन्द्रेणी विभागमा समाइरा श्रेष्ठ तथा केन्द्रीय कार्यालय व्यवस्थापन विभागमा दीपक उप्रेती प्रमुख घोषित भए ।
विभागीय प्रमुख भएका रमेश र बिराज प्रदेश सभाका सांसद हुन् ।

यसै गरी, प्रकाश चन्द्र सञ्चारकर्मी हुन् । उनले गत स्थानीय निर्वाचनमा इटहरीमा मेयर पदमा उम्मेदवारि दिएका थिए । किशोर स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार हुँदा निरुपमा उपमेयरको उम्मेदवार थिइन् । उमेश कृषि विज्ञ हुन् । यौनिक अल्पसङ्ख्यकको विभाग इन्द्रेणीमा नेतृत्व गर्ने समाइरा सोही समूहको प्रतिनिधित्व गर्छन् ।

यसै गरी विवेकशील साझाले विभिन्न दल,सांसद र अभियानसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ । केशव दाहालको संयोजकत्वमा गठित वार्ता समितिमा रमेश पौडेल,समीक्षा बास्कोटा,अनुपमान सैंजु,रञ्जु दर्शना र पुकार बम रहेका छन् ।

  • प्रकाशित मिति : माघ १, २०७७, बिहीवार १३:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८