• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरको चौविसकोठीमा २४ फिटकै झण्डा फहराइदै


भरतपुरको चौविसकोठीमा २४ फिटकै झण्डा फहराइदै

पछिल्लो समय सर्वोच्च शिखर सगरमाथा माथि नै भारतीय संचारमाध्यमले परपोगाण्ड मच्चाइरहदा चितवनको भरतपुरमा भने राष्ट्रिय एकतामा गोलबद्ध हुने सन्देश दिनेगरी राष्ट्रिय झण्डा फहराउन लागिएको हो ।

पौष २९, २०७७
चितवन । चितवनको मुुटु भरतपुरको चौविसकोठीमा २४ फिट बरावरको राष्ट्रिय झण्डा फहराइने भएको छ ।
सामाजिक संस्था हेल्प फर हेप्पीनेसको सक्रियतामा चौविसकोठी स्थित पहिला शालिक भएको ठाउँमा राष्ट्रिय झण्डा राख्ने काम भइरहेको छ ।

करिव १ लाख रुपैयाँको लागतमा तयार गरिने उक्त झण्डा ५३ फिटको उचाइमा राखिनेछ भने झण्डाको साइज मात्रै २४ फिटको रहनेछ ।

विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा हेल्प फर हेप्पीनेसले सो कार्यलाई अन्तिम रुप दिन लागेको संस्थाका अध्यक्ष नविन तिवारीले जानकारी दिए ।

देशका सरकारी कार्यालयमै रहेका झण्डाहरु समेत खुलिएका,च्यातिएका अवस्थामा आफूहरुले सवैतिरको प्रतिनिधित्व गर्नेगरी यो झण्डा राख्न लागिएको उनको भनाई छ ।

उनले भने,“ देशको झण्डालाई फरफराएको हेर्ने चाहाना भयो । सरकारी कार्यालयहरुमा देखिने झण्डाहरुको समेत राम्रो व्यवस्थापन नभएकाले हामीले राष्ट्रियताको भावनालई उच्च राख्न र नेपालीपन बढाउँदै राष्ट्रिय एकताका लागि यो काम गरेका हौँ ।”

विदेशबाट सौराहा आउने पर्यटकहरुले समेत विमानस्थलमा झर्नासाथ नेपाली राष्ट्रिय झण्डा फहराएको देख्न पाउने भए । यसलाई पनि हामीले महत्वपूर्ण मानेका छौ, उनले भने ।

उनका अनुसार अवको तीन चार दिनभित्रमा झण्डोत्तलन गरिनेछ । साथै चारैतिर पानीको फोहोरालाई पनि व्यवस्थापन गरिनेछ र वरपर फूलहरु रोप्ने देखि वत्तीको समेत व्यवस्था गरिदै जाने कार्यक्रम संयोजक रमण वाग्लेले बताए ।

उक्त संस्थाले इमरजेन्सी समयमा आवश्यक पर्ने रगत परिपूर्ति गर्दै सरसफाई अभियान लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।

उक्त स्थानमा झण्डा राख्नका लागि संस्थाले सम्वन्धित निकायहरुबाट मौखिक रुपमा स्वीकृति लिइसकेको छ भने वडानम्वर १० को कार्यालयबाट भने लिखित सहमति लिएको जनाएको छ ।

  • प्रकाशित मिति : पुस २९, २०७७, बुधवार ०८:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८