• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

संसारभर २४ घण्टामा ज्यान गुमाउने १६ हजार नजिक

  • खवरदाता

संसारभर २४ घण्टामा ज्यान गुमाउने १६ हजार नजिक

पौष–२९, २०७७

कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकाको अवस्था झनै भयावह बनेको छ । २४ घण्टाको बिचमा ४२५९ जनाको ज्यान गए पछि यसले अमेरिकालाई थप चिन्तामा पारेको छ । गत १४ डिसेम्बरबाट भ्याक्सिन वितरण सुरु भए पनि यो सुस्ता गतिमा भएकोमा धेरैमा असन्तुष्टि रहेको छ । एकै दिन अमेरिकामा २,२२,१२१ जनामा सङ्क्रमण देखिएको छ । यो क्रम जनवरी र फेब्रुअरी महिनामा कायम हुने अनुमान गर्न थालिएको छ ।

संसारमा २४ घण्टामा १५,७११ जनाको ज्यान गएको छ । यो हालसम्म एकै दिन सबैभन्दा बढीको ज्यान गएको कीर्तिमान हो । एकै दिन बेलायतमा १२४३ ले ज्यान गुमाएका छन् पहिलो वेभमा त्यत्ति डरलाग्दो अवस्था नरहेको जर्मनीमा दोस्रो वेभ खतरनाक भएको छ । त्यहाँ एकै दिन ११०६ जनाको निधन भयो । ब्राजिलमा एकै दिन ११०९ तथा दक्षिण अफ्रिकामा ७५५ जनाको निधन भयो । म्याक्सीकोमा एकै दिन ६६२ तथा इटालीमा ६१२ जनाको ज्यान गएको छ ।

युरोपलाई आक्रान्त पारिरहेको समयमा एसियामा लेबनान सबैभन्दा बढी प्रभावित भएको छ । लेबनानमा एकै दिन ७६ जनाको निधन भएको छ । पहिलो वेभबाट अनुशासित जीवनशैलीले पार गरेका जापानमा दोस्रो वेभमा समस्या देखिएको छ । जापानमा एकै दिन ५० जनाको ज्यान गयो ।

हालसम्म सबैभन्दा धेरै कोरोना सङ्क्रमण पुष्टि हुने देश अमेरिकामा २,३३,६८,२२५ जनामा पुष्टि भइसकेको छ । प्रति १० लाख जनसंंख्या बराबर ७०,३७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको हो । चेक गणतन्त्रमा प्रति १० लाख ७८,८०९ मा सङ्क्रमण देखिएको छ । मोन्टेनेग्रोमा प्रति दश लाख ८४,९१८ जनाको सङ्क्रमण पुष्टि भइसकेको छ । यो अनुपात लक्जेम्बर्गमा ७६३१८ रहेको छ ।

बेल्जियममा कुल २०,१२२ जनाको निधन भएको छ । यो प्रति दश लाख १,७३२ हो । इटालीमा १९,८१९ जनाको ज्यान गएको छ । यो प्रतिदश लाख १३२१ हो । बेलायतमा प्रति दश लाख १,२२२ तथा कुल ८३,२०३ जनाको ज्यान गएको छ ।

धेरै जनस्वास्थ्य विज्ञहरूले फेब्रुअरीको अन्त्यसम्म खासै सुधार आउने सम्भावना कम रहेको चेतावनी दिइसकेका छन् ।

  • प्रकाशित मिति : पुस २९, २०७७, बुधवार ०३:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८