• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

स्थायित्वका लागि नयाँ संसद् : गृहमन्त्री थापा

  • खवरदाता

स्थायित्वका लागि नयाँ संसद् : गृहमन्त्री थापा

पौष–२९, २०७७

गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ निर्वाचन मार्फत बनेको संसद्ले मात्रै मुलुकमा स्थायित्व दिन सक्ने जनाएका छन् । उनले पुरानै संसद् व्युँताईए पनि त्यसले देशमा स्थायित्व कायम गर्न नसक्ने जनाए ।

‘अहिले नेपालमा फेरि अस्थिरता देखिएको छ । बहुमत हुँदा हुँदै पनि आफ्नै पाटीका नेताहरूको असहयोगका कारण बहुमत हुँदाहुँदै पनि संसद् विघटन गर्नुपरेको छ’, मङ्गलवार ललितपुरमा आयोजित अखिल नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा बादलले भने, ‘अब नयाँ निर्वाचनमार्फत आउने नयाँ संसद्ले मात्रै मुलुकलाई स्थायित्व दिने छ ।’

नेकपाका सचिवालय सदस्य बादलले प्रचण्ड–माधव नेपाल समूहले आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउने प्रयास गर्दा संसद् विघटन गर्नुपरेको जनाए । उनले भने, ‘आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई हटाएर स्थायित्व कायम हुन्छ ?’ उनले प्रचण्ड–नेपाल समूहले देशलाई प्रतिगमन तर्फ धकेल्न खोजेको आरोप लगाए । उनले जनताले मात्रै प्रतिगमन रोक्न सक्ने भएकाले नयाँ निर्वाचनमा जान आवश्यक रहेको बताए ।

उनले खेलाडी र खेलकर्मीहरूलाई समेत चुनावका लागि तयारी रहन आग्रह गरे । बादलले अब खेलाडीहरूका लागी देश भरको एक सय ६५ निर्वाचन क्षेत्र नै खेल मैदान हुने बताए ।

उनले मङ्गलवार नै कालीबहादुर घर्ति मगर ‘वसन्त’को संयोजकत्वमा ९९ सदस्यीय अखिल नेपाल खेलकुद महासङ्घको घोषणा गरेका छन् । घर्तिमगर नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका अध्यक्ष हुन् । उनी पूर्व माओवादीको खेलकुद महासङ्घको महासचिव थिए । बादलले ओली पक्षको खेलकुद महासङ्घसँग आफू अन्तर्गतको यो खेलकुद महासङ्घलाई चाडै समायोजन गर्ने पनि बताए ।

  • प्रकाशित मिति : पुस २९, २०७७, बुधवार ०२:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८