• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

छलाङ मार्न नसकेको कला मन्दिर


छलाङ मार्न नसकेको कला मन्दिर

यस कला मन्दिरबाट उत्पादन भएका कलाकारहरु राष्ट्रिय रुपमै रहेका छन् । उनीहरुका गीत, नाच र विभिन्न कला हेरेर रमाइरहने हामी तीनै कलाकारलाई उत्पादन गरेको कला मन्दिरको विगत देखि वर्तमानसम्म हेर्दा विरह लाग्ने अवस्था देखिन्छ ।

केपी शर्मा, पौष २७, २०७७
चितवन । आज भन्दा करिव ५८ बर्ष अगाडि अर्थात विस २०१९ सालमा स्थापनामा भएको नारायणी कला मन्दिरले विकासको गति लिन सकेन । नारायणगढको मुटु क्याम्पाचौर संगै रहेको कला मन्दिर अझैपनि केही कछुवा गतिमा विकसित भइरहेको छ।

नाँच्ने, गाउने, लेख्ने, बजाउने आदि खालका कलाहरु सिकाउने कला मन्दीरनै अहिले ओझेलमा परेको छ । देशको विकाससँगै नगरपालिका, महानगरपालिका हुँदै जिल्लामै धेरै निजी क्षेत्रका पार्टी प्यालेस तथा निजी हलहरु निर्माण भइरहदा कला मन्दिर भने पुरानै जिर्ण भवनलाई मर्मत सहार गरिरहेको छ ।
आज नारायणी कला मन्दिरमा उसको ४५ औँ बार्षिक साधारण सभा मनाइरहदा बोल्ने बक्ताहरुले कलामन्दिरको विकासप्रति असन्तुष्टी जनाएका हुन् । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष समेत रहेका प्रभात कुमार जोसीले आफू अध्यक्ष हुँदा देखि अहिलेसम्म खासै परिवर्तन नआएको बताए । उनले आफ्नो पालामा भन्दा परिस्थिती फरक आइसक्दा पनि विकास गर्न नसक्नु नेतृत्वको कमजोरी भएको बताए ।

उनले भने,“हरेक क्षेत्रमा यतिधेरै विकास भइरहदा कला मन्दिर यो खाल्डोमा यस्तो अवस्थामा रहने थिएन । यसले हामी लगायत बजारवासीलाई दुखित तुल्याएको छ । तर यसले आफ्नो यश र कीर्ति भने कायम राख्न सफल भएको छ । अव विकासको कार्यलाई तिव्रता दिनुपर्नेछ ।”

प्रति महिना ५० रुपैया भाडा तिरेर सुरु भएको कला मन्दिर कलामै सीमित रह्यो । देशकै उत्कृष्ट धरोहर बनिनुपर्ने, नाच्ने गाउने मात्रै नभई राष्ट्रिय एकेडेमिकै रुपमा विकसित हुनुपर्ने बताए । यसमा पुस्तकालय, आर्ट ग्यालरी लगायत वाद्यवाधन खरिद विक्रि गरिने स्थल, नेपालका हरेक समुदायका भेषभूषा पाइने स्थानको रुपमा विकसित गरिनुपर्ने हो । तर यति धेरै बर्षमा नेतृत्व परिवर्तन भइरहदा यसले विकासको गति लिन नसक्नु गइसकेका नेतृत्वकर्मीहरुले सोच्नुपर्ने विषय हो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले पनि कला मन्दिरको विकास नभएको बताए । यसको विकासका लागि आफू र आफ्नो संस्था जुनसुकै अवस्थामा पनि पछि नहट्ने उनको भनाई थियो । उनले भने,“देशमा परिचित कलाकर्मीहरु जन्माएको थलो थप विकासका लागि कलामन्दिर हाताभित्रकै खाली जमिनमा नयाँ प्रेक्षालय बनाउन संकल्प गर्न सवैलाइ आह्वान गरे ।

कला मन्दिरको पुरानो सिटहरु हटाएर नयाँ राख्ने कार्य धमाधम भइरहेको छ । भत्किएको भुईलाई पुन प्लाष्टर गरी सम्याई आधुनिक कुर्चीहरु राखिने अध्यक्ष उद्धव जोसीले बताए ।

त्यहि भित्र एसी समेत जडान गरी सुविधा सम्पन्न हल निर्माण गर्ने गरी काम भइरहेको र सवै काम सम्पन्न गर्न अझै २५ लाख बजेट आवश्यक पर्ने बताए ।

  • प्रकाशित मिति : पुस २७, २०७७, सोमवार ११:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८