• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

शुरु भयो गणना, बासस्थान अभाबले निकुञ्जमा चरा घटे

  • खबरदाता

शुरु भयो गणना, बासस्थान अभाबले निकुञ्जमा चरा घटे

 

पौष २६, २०७७
चितवन । बर्ड एजुकेसन सोसाइटी सौराहा चितवनले आइतबारदेखि चरा गणना शुरु गरेको छ । माघ १ गतेसम्म चल्ने उक्त अभियानमा जलमा आधारित चराहरुको गणना शुरु भएको हो।

आइतबारबाट सुरु भएको गणनामा ९ जनालाई टोली नेता चयन गरि विभिन्न स्थानमा खटाइएको छ । आइतबार भण्डारादेखि लोथर जिन्दानी घाट , जिन्दाजी घाटदेखि सौराहा कसरा र चितवन राष्ट्रिय निकुञ्जभित्रका लामिताल तमोर तालसम्म गणना गरिने तालिका छ ।

आइतबार पहिलो दिनको गणनामा विगतका भन्दा कमसंख्यामा चारा पाइएको सोसाइटीका अध्यक्ष रेशम चौधरीले बताए । नदीमा चरालाई असर पर्ने मानवीय गतिविधि कम भएपनि चराको संख्यामा भने बृद्धि नभएको उनले बताए । तर माघ १ गतेस्म्म गणना हुने र त्यसपछि आउने विवरणलाई राखेर अन्तिम नतिजा सार्वजनिक गरेपछि वास्तविक विवरण आउने उनको दाबी छ

आइतबार निकुञ्ज भित्रका ताल तलैयामा पनि विगतभन्दा चरा कम देखिएको छ । निकुञ्जले बनाउने घाँसै मैदान एकै प्रकृतिको भएको, चरा विज्ञहरुसँग कुनै पनि छलफल नगरी निर्माण गरिएका तालतैलैयामा आस्रित चराहरुको वासस्थानमा समस्या हुँदा संख्या घटेको उनले अनुमान छ। आगामी दिनहरुमा घाँसे मैदान र तालतैलया बनाउँदा चरा विज्ञहरुसँग पनि छलफल गरेर निर्माण गर्न उनले आग्रह गरे ।

सोसाइटीका पुर्व अध्यक्ष बासु विडारीले आइतबार गणना गर्दा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला,गरुढ, भुँडीफोर गरुढ, कालो गरुढ, स्यूइरो ठुडेँ हाँस आदि प्रजाति भेटिएको जानकारी दिए ।

विश्वव्यापी रुपमा गरिने गणना अनुसार आउने तथ्याङ्कले चराहरुको संरक्षणका लागि रणनीतिहरु तय गर्न सहयोग पुग्ने सोसायटीका अध्यक्ष चौधरीको भनाई छ ।
चितवनको सिमसार क्षेत्र चराहरुका लागि उपयुक्त स्थान भएकाले रैथाने देखि हजारौँ माइल यात्रा गरी चरा यहाँ आउने गर्दछन् ।

सासाइटीका पूर्व अध्यक्ष योगेश अधिकारीले पानी र वासस्थान प्रदुषित हुने र बासस्थाननै संकटमा पर्दै जाने खतरा बढेपछि यस पटकको गणनामा समुदायलाई जोड्दै कार्यक्रम गरिएको बताए ।

एसीयन वाटरवर्ड सेन्सस २०२१ नाम दिएर गणना शुरु गरिएको हो । विश्वमा १९६७ जनवरीदेखि जलपक्षीको गणना थालिएको थियो भने अहिले ५४ औँ गणना चलिरहेको छ । २७ वटा देशमा गणना चलिरहेको बताउँदै नेपालमा वि।स।२०५३ सालदेखि गणना गर्न थालिएको हो ।

  • प्रकाशित मिति : पुस २६, २०७७, आइतवार १५:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८