• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बाह्र बर्षपछी खोलो फर्कियो, थिङले पाए ह्वीलचेयर

  • खबरदाता

बाह्र बर्षपछी खोलो फर्कियो, थिङले पाए ह्वीलचेयर

पौष २६,२०७७
चितवन । मेरूदण्ड भाँचिएर अपाङ्ग भएका ४२ वर्षीय दुधराज थिङ १२ बर्षपछी ह्वीलचेयरमा हिड्न पाउने भएका छन।
भरतपुरका समाजसेवि सुनिल कुमार क्षेत्रीले उनलाई आज ह्वीलचेयर उपलब्ध गराएका हुन।

कालिका नगरपालिका ३ स्थित ९६ बिगाहा गाउँमा बस्दै आएका थिङलाई आज समाजसेवी क्षेत्रीले ह्वीलचेयर सहयोग गरेका हुन ।

संचारमाध्यममा थिङलाई ह्वीलचेयर अभाव भएको र हिँडडुल गर्न समस्या भएको समाचार प्रकाशित भएपछि उहाँले क्षेत्रीले आज थिङको निवासमै पुगी ह्वीलचेयर सहित जाडोमा ओड्ने ब्ल्याङ्केट, चामल, नुन, तेल र नगद रू २ हजार पाँच सय पनि सहयोग गरेका थिये।

१२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य थिङ मख्ख थिए । ह्वीलचेयर पाएपछि आफूलाई घरबाहिर निस्कन मद्दत पुगेको थिङले बताए ।

२०६५ सालमा रुखबाट लडेर अपांग भएका उनी ह्वीलचेयर नहुँदा १२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य थिए । ह्वीलचेयर सहयोगमा बाहिर हिँडडुल गर्न सहज भएको भन्दै थिङले सहयोगकर्ता क्षेत्रीलाइ धन्यावाद दिए।

कार्यक्रममा मृगौला पीडित असहाय संरक्षण केन्द्रकी सचिव अनिसा खनाल, स्थानीय कुल बहादुर थिङ, हिरालाल थिङ लगायतको उपस्थिति रहेको थियो ।

समाजसेवी क्षेत्रीले यस अगाडि पनि कोरोना महामारीको समयमा विभिन्न स्थानमा पुगी खाद्यान्न सहयोग गरेका थिए । साथै उनले कोरोना महामारीको समयमा आफ्नो घरमा बस्नेहरूका लागि ४ महिनाको घरभाडा समेत छुट दिएका थिए । उहाँले एसिड पीडित महिला, करेन्ट लागी घाइते भएका र क्यान्सर पीडित महिलालाई पनि आर्थिक सहयोग गरेका छन।

  • प्रकाशित मिति : पुस २६, २०७७, आइतवार १४:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८