पौष २६,२०७७
इन्डोनेसियाको जल सेनाले हराइहरेको बोइङ ७३७ रहेको ठाउँ पत्ता लागेको जनाएका छन् ।
सो विमान जाकर्ताबाट उडान लिएको केही समयमै समुद्रमा हराएको थियो । ६२ यात्रु रहेको श्रीवीजावा एयरलाइन्सको विमान उडेको चार मिनेटमै पश्चिममालीमान्तन प्रदेशमा रहेको समयमा राडारबाट सम्पर्क विच्छेद भएको थियो ।
थुप्रै डाईभर सहित १० भन्दा बढी जहाज अहिले सम्भाव्य स्थानमा पठाइएको छ । जाकार्ता प्रहरीको उद्धार समूहले दुईवटा ब्याग फेला पारेको पनि जनाएको छ । स्थानीय समय अनुसार शनिवार २ बजेर ३६ मिनेट जाँदा सो विमान उडेको थियो ।
त्यसको चार मिनेट पछि अन्तिम पटक सो जहाज सम्पर्कमा रहेको थियो । पोटीयानीक तर्फ गएको सो विमानको उडान समय ९० मिनेट रहेको थियो ।
जहाजमा तीन बालक सहित ५० यात्रु थिए । जसमा १२ जना चालक दलका सदस्य थिए । विमानको क्षमता भने १३० जनाको थियो । विमानमा रहेका सबै इन्डोनेसियाका नागरिक भएको जनाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८