चोरमारा दुर्घटना अपडेट : मृतक मोटरसाइकल चालकको सनाखत

  • खबरदाता
  • पुष २६, २०७७

 

पौष २६ ,२०७७
गैंडाकोट । पूर्व पश्चिम राजमार्गको मध्यविन्दु ७ स्थिति चोरमारमा जङ्गलमा भएको सवारि दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन खाँणका अनुसार मृतक मध्यबिन्दु ९ मझुवा बस्ने बर्ष १८ का यम प्रसाद ढेँगा मगरको मृत्यु भएको हो।

सनिवार दिउँसो पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी २२ एटी १०८७ नम्बरको टेलर ९ लहरी०ले सोही दिशा तर्फ जाँदै गरेको ना २१ प ७५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । शब पोष्ट मार्टमको लागी जिल्ला अस्पताल डण्डामा रहेको र दुबै सवारी साधन र ठक्कर दिने टेलर९लहरी० चालक प्रहरीको नियन्त्रणमा रही थप अनुसन्धानको काम भइरहेको खाँणले बताउनुभयो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८