• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टी गठन

  • खबरदाता

चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टी गठन

पौष २६, २०७७
चितवन । चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टीे गठन भएको छ ।
सनिवार गठन गरिएको समितिको अध्यक्षमा सुमन उप्रेती चयन भएका छन । पूर्वी चितवनको खैरहनीमा आयोजना गरिएको जिल्ला स्तरीय भेलाले उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दीपक रेग्मी,सचिव शिबहरी न्यौपाने, कोषाध्यक्ष सरस्वती खड्का र जिल्ला सदस्यमा टंक प्रसाद घिमिरे,भगवान श्रेष्ठ,विष्णु प्रसाद शिवाकोटी,कृष्णराम सेढाई ,शिबकान्त मैनाली,चेतप्रसाद खरेल,चर्तुभूज तिमिल्सिना ,होमनाथ भण्डारी,गणेश नेपाल,एकराज शिवाकोटी र कलावती चापागाई चयन भएका छन ।

पार्टीका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद रिजालले जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन ।
सो अबसरमा केन्द्रीय अध्यक्ष रिजालले प्राचिनकाल देखि मान्दै आएको सनातन हिन्दु धर्मको संरक्षण गर्दै नेपालमा हिन्दु राज्य कायम गराउने उद्देश्यले नेपाल राष्ट्रिय सनातन पार्टीको जन्म भएको बताए ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले संविधानको रक्षा,भष्टाचार नियन्त्रण,सुशासन र सनातन हिन्दु धर्मको संरक्षणको लागि जिल्ला समिति क्रियाशिल भएर लाग्ने बताए । उनले पार्टीको अस्थित्व जोगाउदै जनपक्षिय काममा समर्पित हुने विश्वास व्यक्त गरे ।

जिल्ला अध्यक्ष सुमन उप्रेतीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय महासचिव गणेश घिमिरे,केन्द्रीय सदस्यहरु भिमराज सेढाई,रत्नकुमारी ढकाल,समाजसेवीहरु गुणबहादुर विसुराल,महादेब विसुराल र रामप्रसाद सेढाइले मन्तव्य राखेका थिए ।

  • प्रकाशित मिति : पुस २६, २०७७, आइतवार ००:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८