• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

लहरीले ठक्कर दिँदा नवलपुरमा मोटरसाइकल चालकको मृत्यु

  • खवरदाता

लहरीले ठक्कर दिँदा नवलपुरमा मोटरसाइकल चालकको मृत्यु

पौष २५, २०७७
नवलपुर । लहरीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु ७ स्थित चोरमारको जंगल खण्डमा सो दुर्घटना भएको हो ।
शनिवार दिउसो पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको यूपी २२ ए टी १०८७ नम्वरको टेलर(लहरी)ले सोही दिशा तर्फ जाँदै गरेको ना २१ प ७५६५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतक अन्दाजी २७ वर्षीय पुरुषको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। अहिले शब पोष्ट मार्टमको लागी जिल्ला अस्पताल डण्डामा पठाईएको प्रहरीले जनाएको छ।

दुबै सवारी साधन र टेलर(लहरी)का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • प्रकाशित मिति : पुस २५, २०७७, शनिवार १२:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८