सरसफाई अभियानमा सिटिजनका अभिकर्ता

  • खवरदाता
  • पुष २५, २०७७

पौष–२५, २०७७

सिटिजन लाईफ इन्स्योरेन्सका अभिकर्ताहरु सरसफाई अभियानमा जुटेका छन् ।
सिटिजन लाईफ नारायणगढ शाखाका अभिकर्ता लिडरहरु सरसफाईमा लागेका हुन् । आज मौला कालिका मन्दिरको फेदिदेखि मन्दिर परिसरसम्म उनिहरुले सरसफाई गरेका हुन् ।
चौविस ओटा मठ मन्दिर रहेको उक्त क्षेत्रमा दर्शन गर्न आउने भक्तजनहरुबाट भएको फोहोरलाई उनिहरुले व्यवस्थापन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथी प्रेम प्रसाद सापकोटाले आफ्नो दायित्व भन्दा वाहिर रहेर यस्ता सामाजिक कार्यहरु गरेको प्रति सिटिजन लाईफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई धन्यवाद दिएका थिए । उनले भने यो महान अभियान हो यसले हाम्रो धार्मिक आस्थालाई सदैव साथ दिएको बुझिने छ ।

कार्यक्रमको अध्यक्षता सिटिजन लाईफ इन्स्योरेन्स नारायणगढ शाखाका प्रमुख गोकर्ण बहादुर कार्कीले गरेका थिए । सिटिजन लाईफ यस्ता सामाजिक कार्यमा लागिरहेको र अझै लागिरहने समेत कार्कीले बताए ।

कार्यक्रमको संयोजन सिटिजनका लिडर क्षितिज न्यौपाने र रोहित कुँवरले गरेका थिए । कार्यक्रममा देवराज पौडेल, शालिकराम सापकोटा, अमर विरही गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

  • खवरदाता
  • प्रकाशित मिति:पुष २५, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८