• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024

कोरोनाविरुद्धको खोप ल्याउने तयारी गर्दै गैँडाकोट नगरपालिका

  • खबरदाता

कोरोनाविरुद्धको खोप ल्याउने तयारी गर्दै गैँडाकोट नगरपालिका

पौष २४, २०७७

नवलपुर । नवलपुरको गैँडाकोटमा नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप मार्चको पहिलो सातामै ल्याउने तयारी भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार नेपाल सरकारले मार्चको पहिलो साता त्रिभुवन विमानस्थलमा खोप झार्ने तयारी गरेको र त्यहाँबाट सिधै गैँडाकोट नगरपालिकाका लागि छुट्याइएको खोप परिमाण ल्याउने तयारी भएको छ ।

खोप लगाउने व्यक्तिहरुको विवरण स्वास्थ्य मन्त्रालयले माग गरेको अनुसार नगरपालिकाबाट पठाइसकिएको समेत पौडेलले जानकारी गराए । अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकालाई सवैभन्दा पहिला खोप लगाउने सरकारको निर्णय अनुसार गैँडाकोटमा पनि सोही अनुसार खोप दिइने गरी तयारी भएको हो ।

परिवार कल्याण महाशाखाले केही दिन अघि मात्रै पत्रचार गरेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको नामावली पठाउने भनेको थियो । सोही अनुसार विवरण पठाइसकिएको छ ,पौडेलले भने।

त्यस्तै नगरभित्रका निजी स्वास्थ्य संस्थामा कार्यरतहरुको  नामावली माग गरेको भएपनि अहिलेसम्म उनीहरुले भने नगरपालिकामा विवरण उपलब्ध नगराएको पौडेलले बताए ।

  • प्रकाशित मिति : पुस २४, २०७७, शुक्रवार १४:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८