• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा पौष २६ देखि जलपक्षी गणना गरिने

  • खबरदाता

चितवनमा पौष २६ देखि जलपक्षी गणना गरिने

 

पौष २६,२०७७
चितवन । चितवनमा आगामी पौष २६ देखि माघ १ गतेसम्म जलपक्षीको गणना गरिने भएको छ । एसीयन वाटरवर्ड सेन्सस २०२१ नाम दिएर गणना गर्न लागीएको हो।

बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनले टिका गिरीको संयोजनमा ९ सदस्यीय टोली बनाएर गणना कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।
विश्वव्यापी रुपमा गरिने गणना अनुसार आउने तथ्याङ्कले चराहरुको संरक्षणका लागि रणनीतिहरु तय गर्न सहयोग पुग्ने सोसाइटिका अध्यक्ष रेशम चौधरीको भनाई थियो ।शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा एक कार्यक्रमको आयोजना गरेर अन्तरक्रिया तथा चरा गणनाको उद्घाटन समेत गरिएको छ ।

चितवनको सिमसार क्षेत्र चराहरुका लागि उपयुक्त स्थान भएकाले रैथाने देखि हजारौँ माइल यात्रा गरी चरा यहाँ आउने गर्दछन् । सोसाइटीका पूर्व अध्यक्ष योगेश अधिकारीले चरा आश्रीत हुने पानी र वासस्थान प्रदुषित हुने र बासस्थाननै संकटमा पर्दै जाने खतरा बढेपछि यस पटकको गणनामा समुदायलाई जोड्दै कार्यक्रम गरिने बताए ।

विश्वमा १९६७ जनवरीदेखि जलपक्षीको गणना थालिएको थियो भने अहिले ५४ औँ गणना चलिरहेको छ । २७ वटा देशमा गणना चलिरहेको बताउँदै अध्यक्ष चौधरीले नेपालमा विस २०५३ सालदेखि गणना गर्न थालिएको र ५४ औँ गणना हुनेछ ।

चितवनको ९ स्थानबाट डुँगा, जीप र पैदल हिँडेर चरा विशेषज्ञ र फोटाग्राफरहरुको टोली सहितले गणना गर्नेछ । हालसम्म वास्तविक तथ्याङ्क नभएपनि नेपालमा १६५ जातीका जलपक्षी पाइने सोसाइटीको दावी छ । यो पटकको गणनादेखि तथ्याङ्कलाई व्यवस्थित गरिने भएको छ भने गणनामा आएका विवरण राखेर पुस्तकसमेत प्रकाशन गरिने जनाइएको छ ।

सोसाइटीले पानी चरा, हिउँदे आगन्तुक चरा निरन्तर रुपमा गणना गर्दै आएको छ ।

  • प्रकाशित मिति : पुस २४, २०७७, शुक्रवार ११:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८