• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

आज ५२६९ परिक्षणमा ५५४ संक्रमीत थपिए

  • खबरदाता

आज ५२६९ परिक्षणमा ५५४ संक्रमीत थपिए

 

पौष–२४,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज ५८४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५७ हजार २२९ रहेको छ । यो ९७।४प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५२६९ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

आज चितवनमा १७ र काठमाडौं उपत्यकामा २०७ जना संक्रमित थपिए । देशमा थप ६ जनाले ज्यान गुमाउँदा कुल संख्या १९०९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३३८ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १८२ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु ,सल्यान र सोलुखुम्बु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस २४, २०७७, शुक्रवार १०:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८