पौष २४,२०७७
चितवन । चितवनको सौराहाका प्यापारीहरुले पर्यटकलाई २० देखि ४० प्रतिशतसम्म छुटको प्याकेज ल्याएका न।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले आन्तरिक पर्यटक बढाउन त्यसरी छुट प्याकेज दिन लागेको बताए। होटलको स्तरअनुसार सौराहामा घुम्न आउने पर्यटकलाई २० देखि ४० प्रतिशत लागिएको हो।
यदि कुनै व्यवसायीले छुट नदिएको गुनासो आएमा तत्काल कार्यान्वनय गराइने र ढुक्क भएर सौराहा घुम्न पर्यटकलाइ आग्रह गरे। आन्तरिक पर्यटक बढाउन, सौराहाका सवै व्यवसायि, स्थानीय सरकार, जिल्ला समन्वय समिति लगायतको सक्रियतामा घुमौँ सौराहा अभियान संचालन गरेको र यो प्रभावकारी देखिएको उनको भनाई छ ।
अहिले सौराहामा दैनिक ५ सय देखि ६०० सम्म पर्यटक आउने गरेका छन् । कोरोना र लकडाउनले असर पुर्याएको पर्यटन क्षेत्र उकास्न व्यवसायिहरु सक्रिय भएर लागि परेका छन।
भर्खरै मात्र आन्तरिक पर्यटन पुनउत्थान समितिको सदस्यमा समेत मनोनित भेएका भट्टराइले हप्ताको २ दिन विदा दिने नीति कार्यान्वयनमा आए अझ पर्यटक बढ्ने बताए । अव छिट्टै निकुञ्जसँग सहकार्य गरेर पर्यटकहरुलाई लामो समय टिकाउने गरी टिकटको मिति बढाउनेतर्फ छलफल भइरहेको र त्यसवारे निकुञ्ज सकारात्मक रहेको उनले बताए ।
पछिल्लो सयम कोरोना र लकडाउनले थला परेको पर्यटन क्षेत्र उकास्न पूर्व पर्यटनमन्त्री योगेश भट्टराईसँग धेरै विकल्पमा छलफल भएको भन्दै उनले नयाँ मन्त्रीसँग पनि छिट्टै छलफल गर्ने बताए । अहिलेको परिस्थितीमा व्यवसायीको समस्या बुझ्ने व्यक्तिको आवश्यक परेको भन्दै नयाँ मन्त्रीको आगमनले आफूहरुको समस्या समाधान नहुने भन्ने आशंकै नरहेको उनको भनाई छ ।
नयाँ मन्त्रीले पनि अहिलेको समस्या बुझ्नुभएको भन्दै भट्टराइले आन्तरिक पर्यटकलाई केन्द्रीत गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८