• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

मृत्यहुने १९ सय नाघे, आज ८८३ निको भए

  • खवरदाता

मृत्यहुने १९ सय नाघे, आज ८८३ निको भए

पौष–२३ ,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ८८३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५६ हजार ६४४ रहेको छ । यो ९७.४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५ हजार १३२ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

आज चितवनमा १२ र काठमाडौं उपत्यकामा २५१ जना संक्रमित थपिए । देशमा थप ४ जनाले ज्यान गुमाउँदा कुल संख्या १९०३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३४२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १८४ र भेन्टिलेटरमा ३२ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने डोल्पा, सोलुखुम्बु र मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस २३, २०७७, बिहीवार १२:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८