• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

‘जाडोमा लायन्सको न्यानो’

  • खवरदाता

‘जाडोमा लायन्सको न्यानो’

पौष–२३, २०७७

चितवन । चितवनका क्रियाशिल २ वटा लायन्स क्लबहरुले न्यानो कपडा बितरण गरेका छन ।

लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि र लायन्स क्लब अफ चितवन चौतारीले श्री आधारभुत बिद्यालय मोहनपुरका एक सय बिद्यार्थीहरुलाई स्वीटर बितरण गरेको हो । दुई क्लबले रु.५० हजार बराबरको स्वीटर बितरण गरेको कार्यक्रम संयोजक डा शुसिल अधिकारीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका भरतपुर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष अमृतराज हमालले न्यून आय भएका नानी बाबुहरु अध्ययन गर्ने बिद्यालयलाई छनोट गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले आफुहरु सधैं स्थानिय सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा लायन्सका डिष्ट्रिक डिपाटमेन्ट चिफहरु भक्तीप्रसाद चालिसे, भरत अधिकारी, एरिया नं ३ का चिफ एरिया को–अडिनेटर प्रभाकर पण्डित, एरिया नं ३ का एरिया सचिब पूर्णप्रसाद शर्मा, जोन चियर पर्सन बिनोद पन्त, लायन्स क्लब अफ चितवन चौतरीका अध्यक्ष डा. गंगा सापकोटाको उपस्थित थियो ।

लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका अध्यक्ष डा. भावना वाग्लेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा.कृष्णप्रसाद वली, निवर्तमान अध्यक्ष सुरबिर पोखरेल,पुर्व अध्यक्ष तील कुमारी गौतम, बिद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद दवाडी, शिक्षक अभिभावक संघका अध्यक्ष तुल बहादुर हमाल लगायतको उपस्थिती रहेको थियो ।

आजनै लायन्स क्लब आफ नारायणगढ नारायणीले सोही बिद्यालयमा अध्ययन गर्ने ५ जना बिद्यार्थीका लागि छात्रबृति लागि रु २० हजार प्रदान गरेको छ । त्यस्तै आफ्नि जन्मदिनको अबसरमा लायन रजनी मास्केले बिद्यालयको अक्षय कोषमा रहनेगरी रु ६ हजार ५ सय रुपैया प्रदान गरेकी थिइन ।

आज भन्दा ५२ बर्ष अगाडी स्थापना भएको बिद्यालयले आज बिबिध कार्यक्रम गरी आफ्नो ५३ औं स्थापना दिबस मनाएको हो ।

  • प्रकाशित मिति : पुस २३, २०७७, बिहीवार ११:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८