• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

रमेशजंगको आक्रोश : मानसिक सन्तुलन गुमेको मान्छे प्रधानमन्त्रीमा रहन मिल्दैन

  • खबरदाता

रमेशजंगको आक्रोश : मानसिक सन्तुलन गुमेको मान्छे प्रधानमन्त्रीमा रहन मिल्दैन

पौष २३,२०७७
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विपक्षी दल आक्रामक भइरहँदा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझी झनै आक्रामक रहे । उनले प्रधानमन्त्री माथि गम्भीर आरोप लगाउँदै पदमा रहन समेत अनुपयुक्त भएको धारणा व्यक्त गरे ।

रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरूले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन् ।

‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने रु अरू राजनीतिक दलले मात्र मानिदिनुपर्ने’ उनले प्रश्न गरे ‘प्रधानमन्त्री को हो रु हिटलर हो यो मुलुकको रु उहाँले जे गर्नुहुन्छ त्यो मानिदिनुपर्ने रु’ सांसद रायमाझीले प्रधानमन्त्री ओलीले संविधान विपरीत संसद् विघटन गरेको र काम चलाउन भइसकेको सरकारमा मन्त्री थप गरेको भन्दै आलोचना गरे ।

उनले प्रधानमन्त्रीको मानसिक सन्तुलन गुमिसकेको हो कि भन्ने प्रश्न गरे । संविधानअनुसार प्रधानमन्त्री रहन संसद् सदस्य रहनुपर्ने, बहुमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठिक हुनुपर्ने उल्लेख गरेको भन्दै रायमाझीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न गरे ।

  • प्रकाशित मिति : पुस २३, २०७७, बिहीवार १०:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८