• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवनमा गैँडा जुध्दा खाग खस्यो


चितवनमा गैँडा जुध्दा खाग खस्यो

पौष २३, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र दुई गैँडा जुध्दा खसेको खाग सुरक्षित भेटिएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मेघौलीको रेन्जपोष्ट भिम्ले फाँट आसपासमा गत पौष १९ गते खाग नभएको गैँडा देखिएपछि खोजी कार्य सुरु गरिएको थियो ।

त्यसको पर्सिपल्ट अर्थात पौष २१ गते सोही स्थानमा खाग भेटिएको हो ।

दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनको भनाई छ ।

  • प्रकाशित मिति : पुस २३, २०७७, बिहीवार ०८:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८