• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

गैँडा मुद्दाका फरार महतोलाई पक्राउ गरि जेल चलान

  • खबरदाता

गैँडा मुद्दाका फरार महतोलाई पक्राउ गरि जेल चलान

पौष २२,२०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जले फरार अभियुक्तलाई पक्राउ गरी जेल पठाएको छ ।

निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार माडी नगरपालिका वडा नम्बर ५ पिपरिया भन्ने स्थानबाट ४८ वर्षीय शनिचरा महतो पक्राउ परेका हुन् । उनलाई पौष १७ गते पक्राउ गरी पौष २१ गते कारागार भरतपुर चलान गरिएको हो।

२०६२ सालमा गैँडा मार्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको अभियोग लागेका उनलाई २०६२ असोज १२ गते दायर मुद्दामा अदालतले दोषि ठहर गर्दै २०६४ पौष २० गते १५ बर्ष कैद सजाय तोकेको थियो ।

हालसम्म फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । महतोले सौ गैँडा चोरी शिकारी गर्नका लागि भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैडा मार्ने कार्यमा सहयोग गर्नुका साथै र खाग बिक्रीमा संलग्नता रहेको पाईएको थियो ।

सोही मुद्धाका अर्का फरार अभियुक्त सूर्जे महतोलाई करिब एक महिना अगाढी पूर्वी चितवनबाट पक्राउ गरिएको थियो ।

  • प्रकाशित मिति : पुस २२, २०७७, बुधवार १५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८