• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

समाचारमा सभ्य भाषा प्रयोग गर्न प्रेस काउन्सिलको आह्वान

  • खबरदाता

समाचारमा सभ्य भाषा प्रयोग गर्न प्रेस काउन्सिलको आह्वान

पौष २२,२०७७
काठमाडौ । पछिल्लो राजनीतिक घटनाक्रममा दल तथा नेताहरूबाट प्रयोग भएका भनिएका भाषा, शब्द, आन्दोलनका नारा लगायतका विषयमा प्रकाशित ( प्रसारित समाचारहरूप्रति प्रेस काउन्सिल नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले बुधबार एक अपिल जारी गर्दै पत्रकार आचारसंहितानै प्रभावित हुनेगरी सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकोले त्यसो नगर्न भनेको छ ।

कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पुर्‍याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उप–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराद्धारा जारी अपिलमा भनिएको छ ।

काउन्सिलले बैठक भेला तथा आन्दोलनका समाचार सम्प्रेषण तथा प्रचारप्रसार गर्दा अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी सम्प्रेषण नगर्न भनेको छ ।

  • प्रकाशित मिति : पुस २२, २०७७, बुधवार १५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८