• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

भरतपुरमा आज पाइलटकै रिस्कमा ६ उडान

  • खवरदाता

भरतपुरमा आज पाइलटकै रिस्कमा ६ उडान

पौष २१,२०७७
चितवन । भिजिविलिटी कम भएपछि चितवनमा आजका सवै उडान स्पेशल भिएफआर (पाइलटकै रिस्क) मा भएका छन् ।

आज भरतपुरमा यती एयरलाइन्सका २ र बुद्धका ४ गरी ६ वटा उडान भएका हुन् । सो अतिरिक्त कोभिडको विरामीको लागि भनेर एउटा हेलिकोप्टर पनि अवतरण भएको भरतपुर विमानस्थलकी ट्राफिक कन्ट्रोलर शुभद्रा कार्कीले जानकारी दिइन् ।

उनले भनिन,“भरतपुर विमानस्थल खुल्नका लागि ३ हजार मिरटको भिजिविलिटी चाहिन्छ । हेलिकप्टरका लागि भने १ हजार मिटरको भिजिविलिटीले उडान भर्न सकिन्छ । तर आज २५ सय मिटर मात्रै भिजिविलिटी भएकाले सवै ६ वटै हवाई उडानहरु पाइलटले आफ्नै रिस्कमा गरेका हुन् भने एउटा हेलिकप्टर भने सहजै अवतरण गरिएको हो ।

“हामीले विमानका पाइलटलाई भिजिविलिटीको बारेमा जानकारी गरायौँ तर उहाँहरुले आफ्नै रिस्कमा उडान भर्ने भन्नुभयो, सोही अनुसार गरियो ,” उनले भनिन् ।

वायु प्रदूषणका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २० मिनेट बन्द, जहाज आकाशमै

काठमाडौंमा अहिलेसम्मकै उच्च वायुप्रदुषका देखिएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत प्रभावित हुन पुगको छ ।

वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि केही समय बिमानलाइ आकाशमै होल्ड गर्नुपरेको थियो। करिब २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले जनाएका छन।

उनका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म विमानस्थल बन्द गरिएको थियो । सो २० मिनेटको समयमा विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो ।

उक्त समयमा मलेसियाबाट नेपाल आउँदै गरेका फ्लाइट मालिनोसहित आन्तरिक ४ गरी ५ वटा उडान प्रभावित हुन पुगेको विमानस्थल प्रमुख कर्णले जानकारी दिए ।

हवाई उडान र अवतरण गर्न कम्तीमा १ हजार २ सय मिटरको भिजिविलिटी आवश्यक पर्दछ। तर मंगलबार एक हजार मिटर जतिको मात्र भिजिविलिटी रहेकोले उडान  प्रभावित भएका थिए।

  • प्रकाशित मिति : पुस २१, २०७७, मंगलवार ११:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८