पौष २१, २०७७
नवलपुर । रजहर जेसीज नवलपुरले वर्ष २०२१ का लागी आफ्नो छैठौँ पद स्थापना कार्यक्रम सम्पन्न गरेको छ ।
आज धुसेरी सामुदायिक वनको सभाहल रजहरमा आयोजित पदस्थापना कार्यक्रममा जेसीज वर्ष २०२१ का लागि निर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदहस्तान्तरण गरेको हो ।
पुर्व अध्यक्ष सन्तोष थापा संयोजक रहेको निर्वाचन समितिले अध्यक्षमा राजु केसी, कार्यकारी उपाध्यक्षमा शोभा मुखिया, भानुभक्त पौडेल, कानुनी सल्लाहकारमा इश्वर बहादुर लोहनी, महासविचमा दुर्गा काफ्ले, कोषाध्यक्षमा रमेश तिमिल्सेना, उपाध्यक्षमा अर्जुन कडेँल, सुष्मा थापा, माधव सुवेदी र यमनाथ गौतमलाई चयन गरेको छ । सवैजनाले आज नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शपथ पछि बोल्दै रजहर जेसीजका अध्यक्ष केसीले युवाहरुलाई जागिर खाने वातावरणबाट रोजगारी सृजना गराउने गरी योजनाहरु ल्याउने बताए । साथै केन्द्रबाट दिएका निर्देशनहरुको पूर्णरुपमा पालना गर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीज तालिम केन्द्र समेत भएकाले सैद्धान्तिभन्दा व्यसायिक तालिम प्रदान गरी युवाहरुलाई रोजगार दिलाउने बताए ।
कार्यक्रममा स्थानीय समाजसेवी र युवाहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यकारी उपाध्यक्ष भानुभक्त पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा देवचुली १६ का वडाअध्यक्ष केशरबहादुर क्षेत्री, नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, रजहर जेसीजका संस्थापक अध्यक्ष सुलोचना कुँवर, वर्ष २०१८ का अध्यक्ष चित्रध्वज जिसी, गैडाकोट जेसिज वर्ष २०२० अध्यक्ष सुशिल काफ्ले लगायतले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८