• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

  • खबरदाता

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पौष २१,२०७७
नवलपुर जिल्लाको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० का अनुसार सोमबार कावासोती नगरपालिका वडा नम्वर ११ पिठौलीको भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिएको हो ।

उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ६० प ४०३७ नंम्बरको मोटर साईकल पल्टिदा मोटर साईकल चालक सोही ठाउँ बस्ने दिल बहादुर बरामको मृत्यु भएको हो।

घाइते भएका उनको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगेकोमा चिकित्सकले मृत घोषणा गरेको सुचना अधिकारी प्रहरी नायक उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । उक्त मोटर साईकल पछाडी सवार सोही ठाउँका वडा नं। १२ बस्ने सिमा महततोको सोही अस्पतालमा उपचार भई रहेको, र अवस्था मध्यम रहेको खाँणले बताउनुभयो ।

  • प्रकाशित मिति : पुस २१, २०७७, मंगलवार ०१:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८