पौष २०,२०७७
चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा कालो बेलुन देखाएका छन।
सोमबार गृहजिल्ला आएका थापालाई भरतपुरको हाकिमचोकमा बादल – लालगद्द्दार लेखिएको फ्लेसलाई कालो बेलुनले बाधेर उढाइएको थियो।
दाहाल –नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएको बताइए पनि आफ्ना सहयात्री प्रचण्डलाई धोका दिएको भन्दै पुर्ब माओबादीकै एक समुहले लाल गद्द्दारको संज्ञा दिएर बिरोध गरेको बुझीएको छ । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।
नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् । अन्तिम समय सम्म पार्टी एकताको पक्षमा रहेका बादल अन्तिम समयमा ओलि समुहमा गएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८