• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

प्रचण्डजी, प्रधानमन्त्री बन्ने इच्छा भए मध्यावधीमा आउनुहोस् : गृहमन्त्री थापा

  • खवरदाता

प्रचण्डजी, प्रधानमन्त्री बन्ने इच्छा भए मध्यावधीमा आउनुहोस् : गृहमन्त्री थापा

पौष २०, २०७७
चितवन । गृहमन्त्री राम बहादुर थापा बादलले पुरानो संसदले प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री बन्ने इच्छा भए मध्यावधी निर्वाचनलाइ स्वीकार गरेर निर्वाचनमा आउन प्रचण्डलाई आग्रह गरे ।
भरतपुरमा केपी ओली समूहका कार्यकतालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रचण्डले आफू प्रधानमन्त्री बन्नका लागि कुटील जालझेल गरेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीमाथि रोपिएको आरोपत्रको अन्तिमलाईनमा कुनै पनि हालतमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि दुवै छोड्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरेकोले संसद विघटन गर्नुपरेको उनले बताए । त्यतिमात्रै होइन प्रचण्डले सधैँ आफू प्रधानमन्त्री बन्ने सपना देख्ने गरेको समेत उनको भनाई थियो ।

उनले भने,“उक्त अभियोग पत्रमा यति सम्म भनिएको थियो कि अध्यक्ष र प्रधानमन्त्री नछोडेमा महाअभियोग समेत लगाइने छ । प्रचण्डले लगाएका अभियोग पत्रका प्रत्येक हरफमा पार्टी फुटाउने षडयन्त्रका अक्षरहरु मात्रै थिए । ”
उक्त खेलको दौडमा रहेकाले जालझेलबाट देशलाई अनिर्णयको बन्दी बनाउनुभन्दा ताजा जनादेशका लागि जनतामा जाने बाटो नै उपयुक्त देखिएकाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए ।
यो परिस्थितीमा कार्यकर्तालाई प्रशिक्षण गर्दै हिड्नुपर्ने वाध्यता प्रचण्ड पक्षले सृजना गरेको उनको आरोप थियो । उनले भने,“गलत नेतृत्वको भण्डाफोर गर्न आज हामी यहाँ उपस्थित भइरहका छौँ ।”
अहिलेका कयौँ भेला र बैठक प्रचण्ड माधव समुहको गुट भएको र आफूहरुनै आधिकारिक पार्टी भएको दावी समेत उनको थियो ।
गृहमन्त्री गृह जिल्लामा आउँदा सुरक्षा व्यवस्था भने कडा पारिएको थियो तर कडा सुरक्षाको वीचपनि बादल लाल गद्दार लेखेर कालो बेलुन उडाइएको थियो ।

 

  • प्रकाशित मिति : पुस २०, २०७७, सोमवार १२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८