• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

बालुवाटारका कलाकारले राजाको भन्दा खतरनाक खेल खेल्दैछन् : नेतृ झाँक्री

  • खवरदाता

बालुवाटारका कलाकारले राजाको भन्दा खतरनाक खेल खेल्दैछन् : नेतृ झाँक्री

पौष २०, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि राजाको भन्दा खतरनाक खेल भइरहेको बताएकी छिन् ।
चितवनको भरतपुरमा आयोजित दाहाल नेपाल (दाने) समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले बालुवाटारका कलाकारले राजाको भन्दा खतरानाक खेल खेलिरहेको बताएकी छिन् । यसलाई समयमै परास्त गर्न सकिएन भने लोकतान्त्रिक गणतन्त्रमा भोटे ताल्चा लाग्ने उनको विचार थियो ।
अहिले नेकपा फुटाउनलाई प्रधानमन्त्री केपी शर्मा ओली एक नम्वरमा लागेको आरोप लगाउँदै उनले भनिन्,“ अहिले कानुनी रुपमा पार्टी फुटेको छैन तर एक पनि छैन।”
दुई वटा ध्रुवीकरणलाई एउटै धारमा ल्याइ एकता गरेर एकढिक्का बनाएको पार्टीलाई चक्नाचुर बनाउने दरवारमा छन् भने एकताको पक्षधर अझै सडकमा छन् । उनले भनिन् ,“राजालाई पनि सडकले नै फालेको हो । तसर्थ बालुवाटारका कलाकारलाई पनि सडकले नै तह लगाउने छ । त्यसैले त एकताको पक्षमा जनता सडकमा छन् ।”
सेना, प्रहरी, प्रशासन सवै आफ्नै हातमा रहदा समेत कानून नमान्ने ओलीले संवैधानिक परिषदलाई लठैत भर्ति केन्द्र बनाएको उनले आरोप लगाइन । उनले भनिन्,“आफै कानून नमान्ने ओलीले के चुनाव गराउँछन् भनेर विश्वास गर्ने ? अवको निकास भनेको प्रतिनिधि सभा पुनस्र्थापना हो र त्यसका लागि सवै एकभई सडकमै आउनुपर्छ । प्रतिनिधिसभा पुनस्र्थापना पछि हामी एक एक हासिब लिनेछौँ । ”


काँग्रेसको ढुलमुले नीतिप्रति उनले आश्चर्य व्यक्त गर्दै भनिन्,“ एकतर्फ सडकमा जाने भन्ने अर्को तर्फ ओलीसँग मिलेर सरकार पनि चलाउन खोज्ने । काँग्रेसले यो बुझ्न जरुरी छ बारम्वार सयौँ झुठ बोल्ने ओलीले बैशाखमा चुनाव गराउँछन् भनेर । ”
ओलीले आफ्नो भाषणमा संसद पुनस्र्थापना हुँनै सक्दैन भन्दै गरिरहेको भाषाप्रति इगित गर्दै झाँक्रीले भनिन्,“ओलीका प्रत्येक भाषणमा अदालत न्यायलय तथा सरकारी निकायहरुलाई आफ्नो मुठीमा लिएको ठान्छन् । तर हिजो उनले अदालतलाई पठाएको उत्तरमा अदालतल प्रवेश गर्न मिल्दैन पनि भनेका छन् । त्यसैले हामी यही उत्तरको पखाईइमा थियौँ की अवको छिनोफानो सडक आन्दोलनबाटै हुन्छ । यो कानूनी र राजनीतिक लडाई हो । ”
नेतृ झाँक्रीले राष्ट्रपतिको भूमिकामा समेत असन्तुष्टी व्यक्त गर्दै भनिन्,“राजालाई नागार्जुनमा कोचेर फर्किएको यो पुस्ताले केपी ओली र विद्या भण्डारीको सर्वसत्तावाद र प्रतिगमनलाई सडकमा ल्याएर नपछारी छाड्दैन । ”
नेतृ झाँक्रीले प्रधानमन्त्रीलाई होसमा आएर विचारहरु व्यक्त गर्न आग्रह गरिन् । ओलीका पछिल्ला भाषणहरु तुच्छ र निम्नस्तरको भएको भन्दै प्रधानमन्त्रीबाट त्यो स्तरकोे भाषणको आफूले कहिल्यै अपेक्षा नगरेको बताइन् । सामाजिक संजामा भाइरल भएको कुराको स्मरण गर्दै उनले भनिन्,“एक घण्टा प्रधानमन्त्रीको भाषण सुन्यो भने बच्चापनि बौलाउँछ । ”

  • प्रकाशित मिति : पुस २०, २०७७, सोमवार ११:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८