पौष २०,२०७७
भारतमा दुई कोरोना भ्याक्सिनले एकै दिन अनुमति पाएका छन् । अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिइएकै दिन भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सीनलाई पनि अनुमति दिइएको छ ।
कोभ्याक्सीन अनुमति पाउने संसारको १० औ भ्याक्सिन हो । यत्ति धेरै भ्याक्सिनले अनुमति पाउनुका बाबजुद संसारका कोरोना भाइरसको सङ्क्रमण भने बढेको बढ्यै छ । निर्माण र वितरणमा ढिला सुस्ती भइरहेको गुनासो सर्वत्र चल्न थालेको छ । अक्सफोर्डको भ्याक्सिनले भने भारतमा अनुमति पाएकै दिन अर्जेन्टिनामा पनि अनुमति पाएको छ ।
कोभ्याक्सीनको वितरणका लागि ब्राजिलसँग भारतले वार्ता गरिरहेको छ भने अमेरिकी बजारमा यो भ्याक्सिन ल्याउनका लागि अकुगेन इन्कसंग पनि वार्ता गरिरहेको छ । भारतले पनि चीनले जस्तै आफ्नो देशका सम्पूर्ण डाटा सार्वजनिक गरेको छैन ।
तर, यो भ्याक्सिन ६० प्रतिशत भन्दा बढी उपयोगी भएको जनाइन्छ । भारतमा कोभ्याक्सीनले अनुमान गरिए भन्दा चाँडो अनुमति पाए पछि अक्सफोर्डसंगै वितरण सुरु हुने जनाइएको छ । यी दुई भ्याक्सिनले अनुमति पाएकै दिन भारतमा जाइडस क्याडीलाले पनि तेस्रो चरणको परीक्षणको अनुमति पाएको छ । केही महिनामा यो पनि बजारमा आउने अनुमान गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८