पौष १९, २०७७
नवलपुर । नवलपुर स्थित गैँडाकोट जेसिजको अध्यक्षमा दया सापकोटा निर्वाचित भएका छन् ।
गैंडाकोट जेसीजको १५ औं साधारणसभा तथा १४ औं अधिवेशनले दया सापकोटालाई वर्ष २०२१ को अध्यक्षमा चयन गरेको हो ।
यस्तै नयाँ कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा दिपक सापकोटा र मदन सापकोटा, महासचिवमा राजेश पौडेल,कोषाध्यक्षमा हरी पौडेल,उपाध्यक्षमा श्याम बन,क्षितिज आचार्य,सुदर्शन भुसाल र बिपिन सापकोटा, सह सचीवमा गौरी पौडेल र सह कोषाध्यक्षमा पवन कार्की चयन भएका छन् ।
साधारण सभामा बर्ष २०२० का महासचिव,कोषाध्यक्ष ,कार्यकारीणी उपाध्यक्ष तथा उपाध्यक्षले विभिन्न प्रतिबेदन प्रस्तुत गरेका थिए । गैंडाकोट जेसीजका अध्यक्ष सुशील काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव शंकर अधिकारीले गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८