पौष १९, २०७७
चितवन । चितवन जिल्लामा पनि सुरक्षित आप्रवासन परियोजना (सामी) सुरु भएको छ ।
विदेश जानेहरुलाई सही र सत्य सूचना दिने तथा समस्यामा परेकाहरुको उद्दार र राहतमा सहयोग गर्ने संस्थाले आफ्नो परियोजना चितवनमा पनि सुरु गरेको हो । यो परियोजना देशभर २९ जिल्लाका १५६ स्थानीय तहमा लागु भइसकेको छ ।
गत आर्थिक बर्षको माघदेखि सुरु भएको परियोजनाको अवधि विस २०७९ असार मसान्तसम्म रहेको सामी परियोजनाका संयोजक सूर्य प्रसाद पौडेलले जानकारी दिए ।
स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित सुरु भएको परियोजनाले आज चितवनमा अन्तरक्रिया गरेको छ ।
भरतपुर महानगर, हेल्भिटास नेपाल र मेड–नेपालसँगको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले जिल्लाको भरतपृुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिकामा परियोजना जारी रहेको र यस बाट जिल्लाका १८ हजार ७४० जना लाभान्वित हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श प्रदान गर्ने, वैदेशिक रोजगारीमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धिमार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने साथै सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता लगायतका कार्यक्रम गर्ने बताइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८