• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

मुर्ति चोरीको अभियोगमा रत्ननगरमा जनप्रतिनिधि सहित तीन प्रकाउ

  • खबरदाता

मुर्ति चोरीको अभियोगमा रत्ननगरमा जनप्रतिनिधि सहित तीन प्रकाउ

पौष १८, २०७७
चितवन । चितवनको रत्ननगरमा १ सय बर्ष पुरानो बुद्धको मुर्ति फेला परेको छ ।

रत्ननगरनगरपालिका वडानम्वर १२ जिरौना बाट बुद्धको सो मुर्ति सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ठुलो कान्छा तामाङ, सुरज तामाङ र वडा नम्बर ११ मंगलपुरका ४७ बर्षिय सरोज बहादुर योञ्जन रहेको प्रहरीले जनाएको छ।

उक्त मुर्ति एक सय बर्ष पुरानो हुन सक्ने प्रहरीले अनुमान गरेपनि मुर्तिको परीक्षणपश्चात मात्रै पुष्टि हुने डिएसपी रविन कार्कीले बताए । पुरानो पुरातात्विक महत्वको जस्तो देखिने पित्तलको उक्त मुर्ति(रेम्वोच) २७.८२० केजी तौल भएको प्रहरीले जनाएको छ ।

सीआइबीको केन्द्रीय अनुसन्धान टोलीले इलाका प्रहरी कार्यालय रत्ननगरको सहयोगमा उक्त मुर्ति सहित मुर्ति चोरीमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको हो ।

जिरौना स्थित जहारसिंह तामाङको घरमा प्राचिन पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागी घरमा लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा उक्त मूर्ति फेला परेको डिएसपी कार्कीले जानकारी दिए ।

१६ गते पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेकोछ । पक्राउ परेका मध्ये ४७ बर्षीय सरोज बहादुर योञ्जन जनप्रतिनिधि समेत रहेका छन् ।

  • प्रकाशित मिति : पुस १८, २०७७, शनिवार १२:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८