• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

पत्रकार महासंघ नवलपुरको साधारणसभामा ११ पत्रकार सम्मानित

  • खबरदाता

पत्रकार महासंघ नवलपुरको साधारणसभामा ११ पत्रकार सम्मानित

पौष १८, २०७७
नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरको ऐतिहासिक प्रथम साधारण सभा सम्पन्न भएको छ ।
नवलपुरको कावासोतीमा शनिवार सम्पन्न साधारणसभामा क्रियाशिल ११ जना पत्रकारहरुलाई सम्मान गरिएको हो ।

जसमध्ये शाखा स्थापनामा महत्वपूर्ण योगदान दिने मध्ये बिष्णुदेबी पाण्डे र गोबिन्दराज बिनोदी रहेका छन् । यस्तै २० वर्षदेखि निरन्रतर पत्रकारिता गरिरहेका होमराज रानाभाट, नारायण शर्मा, होमनाथ जैसी, लालकुमार भट्टराई र भुपेन्द्र शर्मा भटटराइ पनि सम्मानीत भएका हुन् ।

अन्य सम्मानीत हुनेहरुमा श्रमजीवी पत्रकारहरु रामकुमार श्रेष्ठ, धनु भूषाल र दयाराम आचार्य रहेका छन् ।

सोही अवसरमा प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र पराजुलीले स्थापना गर्नु भएको कृष्णप्रसाद पराजुली स्मृति पत्रकारिता पुरस्कार पत्रकार नविन पौडेललाई प्रदान गरिएको छ ।

महासंघका केन्द्रीय महासचिव रमेश विष्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रम शाखा अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • प्रकाशित मिति : पुस १८, २०७७, शनिवार ११:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८