• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

ठट्टा र गफले चुनाव हुँदैन : डा. प्रकासशरण महत

  • खवरदाता

ठट्टा र गफले चुनाव हुँदैन : डा. प्रकासशरण महत

पौष १८, २०७७
चितवन । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बैशाखमा गर्ने भनिएको चुनाव ठट्टा गफ चुटेजस्तो सजिलो नहुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको मित्रमिलन तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले सो कुरा बताएका हुन् ।

सनकको भरमा प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेको आरोप समेत उनले लगाए । बालुवाटार र शितल निवासको कनेक्सनमा यो अवस्था आएको उनको दावी थियो ।

ओलीले गरेको कदमको विरुद्धमा काँग्रेस रहेको र काँग्रेसले यसको विरोध सडकबाट पनि गरिसकेको अवस्थामा अवको पर्खाइ भनेको अदालतको रहेको उनले बताएका छन् । उनले भने,“नेपाली काँग्रेस अदालतलाई सधैँ सम्मान गर्ने पार्टी भएकाले यो निर्णयपनि पर्ख र हेरको अवस्थामा रहेको छ । अदालतले जे फैसला गर्छ काँग्रेसलाई स्वीकार्य छ।”

तर चुनावनै हुने अवस्था आएपनि ओलीले चुनाव गराउने कुरामा सतप्रतिशत विश्वास गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनले भने,“आ–आफ्ना प्रतिपक्ष र विपक्षीलाई उखान टुक्का र गालिगलौच गरेजस्तो सजिलो चुनाव गराउन हुँदैन ।”

अघिल्लो पटक गफ चुटेकै भरमा कम्युनिष्टहरुले चुनाव जितेको उनको भनाई थियो । तर जनताले कम्युनिष्टका गफलाई राम्रैसँग बुझिसकेको हुनाले चुनावको परिणाम सोही अनुरुप हुन सक्ने उनको विचार थियो । काँग्रेसले अवको चुनावमा आफ्नो कामलाई विकाउने प्रयास गर्नुपर्ने उनले बताए । काँग्रेसले अवको चुनावमा जनतासमक्ष विकासका एजेण्डा लिएर जाने उनको भनाई थियो ।

  • प्रकाशित मिति : पुस १८, २०७७, शनिवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८