• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

भारतमा तत्कालै भ्याक्सिन वितरण सुरु हुने

  • खबरदाता

भारतमा तत्कालै भ्याक्सिन वितरण सुरु हुने

पौष १८,२०७७
भारतमा कोरोना भ्याक्सिन वितरण यसै साता सुरु भएको छ । शुक्रवार बसेको विज्ञहरूको बैठकले अक्सफोर्डको भ्याक्सिन उपयुक्त भएको ठहर गरेको छ । तर भारतमा दिइएको यो अनुमतिमा केही सर्त राखिएका छन् ।

विज्ञहरूको सुभाअव सहितको धारणालाई आधार बनाउँदै नियामक संस्थाले तत्काल घोषणा गर्ने भएको छ ।
तर सबै भ्याक्सिन लगाउनेको स्वास्थ्य विवरण राख्नु पर्ने तथा १५ दिनसम्म निगरानी गर्नु पर्ने सर्त राखिएका छन् ।

यो भ्याक्सिन पहिलो डोज दिएको ४ देखि ६ हप्तामा दोस्रो डोज दिइन्छ । तर, पहिलो डोज दिएको दुई हप्तामा केही एन्टीबडी बनी सकेको हुन्छ ।

औपचारिक प्रक्रिया पुरा हुन दुई या दिन दिन लाग्ने र सात यो दश दिन भित्रमा भारतमा भ्याक्सिन वितरण सुरु हुने जनाइएको छ । शनिवार देश भरी भ्याक्सिन वितरणको अभ्यास र प्रशिक्षणलाई निरन्तरता दिइयो । देशभरिबाट पहिलो चरणमा भ्याक्सिन लगाउने ३० करोडको नामावली तयार पारिएको छ ।

सीरम इन्सटीच्युटसंग पहिलो चरणमा ५ करोड डोज तयार नै रहेको छ । अक्सफोर्डको कोभीसील्ड पछि भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सीनलाई अनुमति प्रदान गरिने सम्भावना रहेको छ ।

  • प्रकाशित मिति : पुस १८, २०७७, शनिवार ०३:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८