पौष–१७,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७४८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । यो ९७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५ हजार २२५ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ०१९ पुगेको छ ।
आज चितवनमा २० र काठमाडौं उपत्यकामा १६७ जना संक्रमित थपिए । देशमा थप ८ जनाले ज्यान गुमाउँदा कुल संख्या १८६४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ४८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३६७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २३४ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु र महोत्तरी जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८