पौष १७, २०७७
चितवन । राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरुहुनु पूर्वसन्ध्यामा नेकपाका नेता बामदेव गौतमले प्रचण्डसँग भेट गरेका छन्
शुक्रवार विहान सवा १० बजे बामदेव गौतम प्रचण्ड निवास खुमल्टार पुगेका स्रोतले बताएको छ । नेकपा फुटेर दुई समूह भइसक्दापनि तटस्थ रहेका गौतमले खुमलटारमा प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
शुक्रवारनै अपरान्ह ४ बजे राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपाका ५०, काँग्रेसका ६ र समाजवादी पार्टीका ३ जना रहेका छन् । ५० मध्ये २४ जना प्रचण्ड नेपाल समूहमा रहेका छन् भने बामदेव गौतम तटस्थ रहेका हुन् । आज बस्ने राष्ट्रियसभाको बैठकमा प्रचण्ड नेपाल काँग्रेस र समाजवादी पार्टी एक हुँदा सरकार सोझै अल्पतमा पर्ने देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८