पौष १७,२०७७
चितवन । आज अपरान्ह ४ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएकोछ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको हिउँदे अधिबेशन आज बस्न लागेको हो।
आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा बिघटन गरेपछि यो पहिलो बैठक बस्न लागेको हो। आजको बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठान हुने नेताहरूले बताएका छन्।
जम्मा ५९ जना सदस्य रहेको राष्ट्रियमा नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्यहरु रहेका छन्।
नेकपाका ५० सदस्यमध्ये २४ जना प्रचण्ड-नेपाल समूहमा उभिएका छन। एक जना बामदेब गौतम भने कुनै पक्षमा पनि उभिएका छैनन।
नेकपा बाहेक कांग्रेसका ६ र जसपाका ३ तथा नेकपाका प्रचण्ड-नेपाल समूहका २४ जना सरकारको विपक्षमा रहेका छन्।
५९ सदस्य संख्या मध्ये ३३ जना सरकारको विपक्षमा उभिँदा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिन्छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८