• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

५३४ संक्रमित २४७ जना उपत्यका भित्रका

  • खवरदाता

५३४ संक्रमित २४७ जना उपत्यका भित्रका

पौष–१६,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५२ हजार ३५९ रहेको छ । यो ९६.८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ६ हजार जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

आज चितवनमा २२ र काठमाडौं उपत्यकामा २४७ जना संक्रमित थपिए । देशमा थप ९ जनाले ज्यान गुमाउँदा कुल संख्या १८५६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३३८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३६२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २३६ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु ,रुकुम पश्चिम र महोत्तरी जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस १६, २०७७, बिहीवार ११:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८