• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

ढुक्क हुनुहोस् , नेकपाको विवाद र विप्लवलाई काँग्रेसले मिलाउँछ : नेता पाण्डे


ढुक्क हुनुहोस् , नेकपाको विवाद र विप्लवलाई काँग्रेसले मिलाउँछ : नेता पाण्डे

पौष १६, २०७७
चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले अहिलेको नेकपाको विवादलाई काँग्रेसले मिलाइदिने दावी गरको छन् ।
काँग्रेस चितवनद्धारा भरतपुरमा आयोजित ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप कार्यक्रमलाई सम्वोधन गर्दै पाण्डेले ओली र प्रचण्डलाई मात्रै होइन विप्लवलाई समेत मिलाउने हैसियत काँग्रेसले राख्ने बताएका छन् । उनले भने,“प्रचण्डलाई हत्याको राजनीतिबाट जंगल त्याग गराउने यहाँसम्म ल्याउने काँग्रेस नै हो । त्यसले हाम्रा लागि विप्लव टाढाका होइनन् । मात्रै काँग्रेसले वीपीले ल्याएको मेलमिलाप नीति अवलम्बन गर्न पर्यो । ”
साथै उनले जंगलमा रहेका विप्लवलाई शिक्षक हत्ता जस्तो जघन्य अपराधिक कार्य त्यागेर शान्तिपूर्ण यात्रामा आउनलाई आह्वान गरे । कम्युनिष्टकै एक घटकबाट संविधान कू भइरहेको अवस्थामा जंगलबाट सुशासन खोज्नु मुर्खता भएको समेत उनले बताए ।
कमजोर काँग्रेसबाट जनताले ठूलो अपेक्षा राख्न सक्दैनन् । हामी बलियो हुनुपर्यो । शक्तिशाली हुनुपर्यो । त्यसका लागि एक पटक मेलमिलापलाई फर्किएर हेर्नुपर्र्यो । अनि गाउँगाउँबाट काँग्रेस एक ढिक्का हुनुपर्यो, उनले भने ।
ओलीले घोषणा गरेको चुनावमा काँग्रेसले बाजी मार्छ भन्ने नसोचे हुन्छ र दुईमा दुई जोड्दा चार हुने गणितमा मात्रै हो । राजनीतिमा त कहिले तीन भइदिन्छ कहिले पाँच भइदिन्छ उनको विचार थियो ।
जिल्ला सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमको सचिव उत्तम जोशीले संचालन गर्नुभएको थियो ।

  • प्रकाशित मिति : पुस १६, २०७७, बिहीवार ११:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८