• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

ओलीले सिलाउनै नमिल्ने गरी संविधान च्याते : काँग्रेस नेता सिँह


ओलीले सिलाउनै नमिल्ने गरी संविधान च्याते : काँग्रेस नेता सिँह

पौष १६, २०७७
चितवन । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिँहले केपी शर्मा ओलीले संविधान सिलाउनै नमिल्ने गरी च्यातिसकेको आरोप लगाएका छन् । काँग्रेसको ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा सिँहले उक्त कुरा बताएका हुन् ।

“ओलीले संविधानको विपक्षमा यो पटक मात्रै काम गरेका होइनन्, उनले गर्ने हरेक नियुक्ति र हरेक सरकारी कामहरु कानुनको बर्खिलापमा थिए । प्रतिनिधि सभा विघटन प्रत्यक्ष जनतासँग सरोकार राख्ने भएकाले ओलीको निरकुंश कार्यशैली छताछुल्ल भएर जनताले बल्ल बुझेका हुन्,” उनले भने ।

“धेरै कठिन परिस्थितीमा काँग्रेसको नेतृत्वमा संविधान जारी गरेकोप्रति ओलीलाई काँग्रेसले जस लियो भनेर डाहा लागेको हुनसक्छ । त्यसैले त उनी यो संविधान मान्नै चाहादैनन् । संविधानको अन्तराष्ट्रिय अभ्यास भन्दै संविधानभन्दा माथि उक्लेर काम गर्न चाहिँ कुन राष्ट्रको कानुनले सिकायो ? ” उनले प्रश्न गरे ।

जव जव देश कठिन परिस्थितीमा जान्छ तवतव जनताले काँग्रेसलाई सम्झन्छन् उनले भने । काँग्रेसलाई जनताले प्रतिपक्षमा बस्न भनेको हुनाले हामी सोही अनुसार वस्यौँ तर उनीभित्रको आन्तरिक द्वन्द्वले काँग्रेस सडकमा आउन वाध्य भएको उनले बताए । काँग्रेस असजिलो परिस्थितीमा सधैँ जनतको साथमा रहन्छ । समयले भनिसक्यो अव फेरि काँग्रेस आउ । त्यसैले त हामी सकडमा आइसक्यौँ ।


संविधानमै प्रष्ट लेखिएको प्रावधान विरुद्धमा ओली उत्रिरहदा काँग्रेस चुप लागेर बस्न मिल्दैन । आन्दोलनको नाममा विज्ञप्ती निकाल्दैमा संविधान रक्षा हुन्छ भन्ने रत्तिभर आश नगरे हुन्छ । त्यसैले यदी हाम्रो नेतृत्वमा जारी भएको संविधान बचाउने हो भने आजै बाट सडक संघर्षको विकल्प छै्रन, उनले प्रष्ट पारे ।

उनले थपे,“काँग्रेसका केही नेतालाई लागेको होला अव आउने चुनावमा हामी केही सिट वढि जित्छौँ किनकी नेकपा फुटिसक्यो । तर त्यो होइन साथीहरु, संविधाननै नमान्ने ओलीले वैशाखमा कुन संविधानको ऐन र कानुनले चुनाव गराउँछन् । यसप्रति हामी चनाखो हुन जरुरी छ । ”

वीपी र गणेशमानवीच भएको बैचारिक द्वन्द्वलाई एकरुपतामा ल्याउने काम गरेको थियो मेलमिलाप नीतिले । व्यक्ति व्यक्तिवीचको द्धन्द्वभन्दा पनि समग्र राष्ट्रको समस्यालाई मध्यनजर गर्दै लिइएको मेलमिलाप नीतिलाई अवको नेतृत्व पंक्तिले पनि सोही रुपमा नलिए काँग्रेसको मेलमिलाप नीति भाषणकै भरमा समाप्त हुनेछ ।

  • प्रकाशित मिति : पुस १६, २०७७, बिहीवार ११:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८