• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

  • खबरदाता

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

पौष १६,२०७७

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् ।

अग्रवाललाई बिहीबार बिहान पर्सा प्रहरीसँगको समन्वयमा अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उक्त चिनी मिल सुशीला गोयलको नाममा रहेको छ । तर अंशबन्डा हुँदा सुशीलाको जेठाजु मनोजको भागमा परे पनि पूर्ण रूपमा उनको नाममा भने नआएको स्रोतको दाबी रहेको छ ।

उक्त चिनी मिलले उखु किसानलाई करिब २८ करोड तिर्न बाँकी छ। यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन सरकारले पुर्जी जारी गरिएको थियो । उक्त निर्देशनपश्चात् मनोज फरार थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

  • प्रकाशित मिति : पुस १६, २०७७, बिहीवार ०८:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८