• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

बालुवा गिटी चोर्ने ट्याक्टर प्रहरीद्धारा पक्राउ


बालुवा गिटी चोर्ने ट्याक्टर प्रहरीद्धारा पक्राउ

पौष १६, २०७७
नवलपुर। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले अवैध रुपमा खोलाबाट गिटी वालुवा चोर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले अवैध रुपमा उत्खनन् एवम चोरी निकासी गरिरहेका १८ वटा ट्याक्टर नियन्त्रणमा लिएको सुचना अधिकारी मोहन वहादुर खांणले जानकारी दिए ।

विनयी त्रिवेणी गा.पा. वडा नं. १ ढिकटोल र वाडनम्वर २ डाडाँजोर स्थित रहेको विनयी खोला बाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गरिरहेका ती ट्याक्टर एक रातै विहान १ बजेको समयमा ५ वटा र विहान ६ बजेको समयमा १३ वटा गरी जम्मा १८ वटा ट्याक्टरहरु फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सम्बन्धित कार्यालयमा पठाइने जनाइएको छ ।

लु ३ त ६७९४, लु ३ त ६७७८, लु ३ त ९८४५, लु ३ त ९७५०, लु३ त ८१७५, लु३त ९५९८, लु४त ६, लु३त ९५६३, लु३त ४२५०, लु३त ४६५०, लु३त १०३९, लु३त ७७५८, लु४त ११७५, र नम्बर नखुलेको ५ वटा गरी जम्मा १८ वटा ट्याक्टर रहेका हुन्

  • प्रकाशित मिति : पुस १६, २०७७, बिहीवार ०५:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८