पौष १६,२०७७
चीनले अफगानिस्तानमा रहेका अमेरिकी सेना माथि आक्रमण गर्न लगाउने योजना बुनेको सूचना राष्ट्रपति डोनाल्ड ट्रम्पले पाएको जनाइएको छ ।
अमेरिकाको गुप्तचर संस्थाले १७ डिसेम्बरमा ट्रम्पलाई यो सूचना दिएको थियो । यो वर्षको सुरुमै पनि रुसले त्यहाँ आक्रमण गर्ने योजना बुनेको सूचना पाएको थियो । तर, पछि त्यस्तो केही भएको थिएन ।
अमेरिकी प्रशासनले पछि रुस त्यो कदममा नरहने ठहर गरी सकेको थियो । अव वाइडेनले ट्रम्प प्रशासनकै गुप्तचरलाई निरन्तरता दिने यो अन्यको खोजी गर्ने भन्ने पनि निश्चित भइसकेको छैन ।
यस अघि गत जुनमा रुसी सेनाको गुप्तचर संस्था जिआरयुले अफगानिस्तानमा रहेका ताली वान लडाकुले अमेरिकी या बेलायती सेनालाई मारे पुरस्कार दिने तयारी पनि गरेको जनाइएको छ । त्यहाँ रहेका अमेरिकी सेनाले पनि यो सूचना पाएको जनाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८