पौष १५,२०७७
बेलायतले अक्सफोर्ड र एस्ट्रेजेनेकाले तयार गरेको कोरोना भाइरसलाई विरुद्धको भ्याक्सिनलाई अनुमति दिएको छ ।
बेलायतले ५ करोडका लागि पुग्ने गरी १० करोड डोजको भ्याक्सिन अर्डर गरेको छ । मङ्गलवार मात्र बेलायतमा सबैभन्दा बढी ५३ हजा १३५ जनामा सङ्क्रमण देखिएको थियो। भण्डार गर्न सजिलो हुने यो भ्याक्सिन छिटो वितरण हुने र यसले बेलायतको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
यस अघि अनुमति पाएको फाइजरको भ्याक्सिन बेल्जियमबाट ल्याउने गरिएको थियो भने बेलायतको भ्याक्सिन बेलायतमा नै निर्माण भइरहेको छ । अहिले ६ लाख जनाले फाइजरको भ्याक्सिन पाइसकेका छन् ।
बेलायतका स्वास्थ्य सचिव म्याट हान्ककले स्प्रिङसम्ममा बेलायत कोरोना भाइरसबाट मुक्त हुने कुरामा आशावादी रहेको बताए । ४ जनवरीबाट भ्याक्सिन वितरण गरिने छ । केही सातामानै भ्याक्सिन लगाइने कामलाई तीव्रता दिइने छ ।
बेलायतमा अक्सफोर्डको भ्याक्सिनले मान्यता पाए पछि भारतमा तत्काल यसलाई अनुमति दिइने अनुमान गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८