• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

‘फेरि मर्यो गैँडा’

  • खवरदाता

‘फेरि मर्यो गैँडा’

पौष १५, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बुधवार फेरि अर्को गैँडा मृत फेला परेको छ ।

निकुञ्जको कोर ईलाका (कसरा सेक्टर मातहत मेघौली रेञ्जपोष्टको क्षेत्र) अन्द्रौलीघाट क्षेत्रमा उक्त मृत गैँडा फेला परेको हो ।

करिब २५ देखि ३० बर्षको उक्त भाले गैडाँ प्राकृतिक कारणले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । सो गैँडा उमेर पुगी कालगतिले मरेको हुन सक्छ, सूचना अधिकारी लोकेन्द्र अधिकारीले जनाए ।

सो गैँडाको खाग, खुर सुरक्षित रहेकोले पनि कालगतीले नै मरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । मृत गैडाको पोष्ट मार्टमका लागि भेटेरेनरी शाखा पठाईएको छ ।

सो गैँडाको मृत्युसंगै चालु आ.व. २०७७।७८मा ( चोरी शिकारका कारण चार र प्राकृतिककारण पन्ध्र गरी कुल १९ वटा गैडा मरेका छन् ।

  • प्रकाशित मिति : पुस १५, २०७७, बुधवार ११:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८