• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज ५११० परिक्षणमा ५११ संक्रमीत थपिए

  • खवरदाता

आज ५११० परिक्षणमा ५११ संक्रमीत थपिए

पौष–१५,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ६०० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । यो ९६.९ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ५११० जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ४९ पुगेको छ ।

आज चितवनमा १६ र काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित थपिए । देशमा थप ७ जनाले ज्यान गुमाउँदा कुल संख्या १८४७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३०० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३६२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २१७ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु ,रुकुम पश्चिम,महोत्तरी ,सर्लाही र सिराहा जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस १५, २०७७, बुधवार ११:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८